Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

चन्दननाथ नगरपालिकामा स्वतन्त्र उम्मेदवार राजु सिंह कठायत मेयरमा निर्वाचित, राजनितिक दलको लिए सातो

जेठ,४ काठमाडौं । जुम्लाको चन्दननाथ नगरपालिका नगरलिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्। स्वतन्त्र उम्मेदवारका रुपमा उठेका राजु सिंह कठायत मेयरमा निर्वाचित भएका छन्।

कठायतले २ हजार ४०३ मत प्राप्त गर्दै प्रमुख पदमा निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धीका रुपमा देखिएका कांग्रेसका उम्मेदवार पदमबहादुर शाहीले २ हजार ३२२ मत ल्याएका छन्।

नगरपालिकाको उपप्रमुख पदमा भने कांग्रेसले जित निकालेको छ। कांग्रेसका उम्मेदवार राम देवी खड्का उपप्रमुखमा निर्वाचित भएकी छिन्। खड्काले २ हजार ७७६ मत प्राप्त गर्दा प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका उम्मेदवार भिम बहादुर थापाले १ हजार ६७६ मत ल्याए।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com