Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन

असार,२७ काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहँदै आउनु भएकी उहाँको ६९ वर्षको उमेरमा बिहान ८ बजेर ३३ मिनेटमा नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको डा. युवराज शर्माले जानकारी गराउनुभयो ।

पार्किन्सन जस्तै देखिने एक जटिल प्रकारको रोगबाट उहाँ पीडित हुनुहुन्थ्यो । बिहान हृदयाघात भएपछि उहाँलाई अस्पताल पुर्‍याइएको थियो । उहाँको पार्थिव शरीर श्रदाञ्जलीका लागि दिउँसो १ बजेसम्म पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा राखिने छ ।

दिउँसो २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिने प्रधानमन्त्री प्रचण्डको सचिवालयले बताएको छ ।
वि.सं. २०११ साल असार २१ गते कास्कीको हेम्जामा जन्मिनुभएकी सीता दाहालको २०२६ सालमा पुष्पकमल दाहाल प्रचण्डसँग विवाह भएको थियो ।

वि।सं। २०२८ सालदेखि नै कम्युनिष्ट आन्दोलनमा आबद्ध सीता दाहाल जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै अहिले माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार हुनुहुन्थ्यो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com