Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

रुसको मिसाइल आक्रमणमा परि १७ जना युक्रेनी नागरिकको ज्यान गयो

रुसले गरेको मिसाइल आक्रमणमा परि १७ जना युक्रेनी नागरिकको ज्यान गएको छ । ज्यान गुमाउनेमा एक बालक समेत रहेका छन् । घटनामा २८ जना घाइते भएका छन् ।

युक्रेनको व्यस्त सहर कोस्त्यान्तिनिभ्कामा रुसले हिजो मिसाइल आक्रमण गरेको राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले बताउनुभएको छ । उहाँले यो आक्रमणलाई अमानवीय रहेको टिप्पणी गर्नुभएको समाचार संस्था एएफपीले जनाएको छ । कोस्त्यान्तिनिभ्का सहर युक्रेनको पूर्वी भागमा रहेको दोनेत्स्क क्षेत्रमा पर्छ ।

दोनेत्स्कमा ७० हजार मानिसको बसोबास छ । रुसले पछिल्लो आक्रमणको बारेमा कुनै टिप्पणी गरेको छैन । एजेन्सी          

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com