Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

पञ्चेश्वर गाउँपालिकामा नेकपा एमालेका गोरखबहादुर चन्द विजयी

जेठ, १ काठमाण्डौ । बैतडीको पञ्चेश्वर गाउँपालिकामा नेकपा एमालेका गोरखबहादुर चन्द विजयी भएका छन् । उपाध्यक्षमा पनि एमालेकै बिना भट्ट विजयी भएकी छिन् ।

अध्यक्षमा एमालेका चन्दले ३७८२ मत ल्याएर विजयी भएका छन् । भने उनका प्रत्यासी कांग्रेसका रमेश भण्डारीले २४८८ मत ल्याएका छन् ।

उपाध्यक्षमा भट्टले ३०६४ मत ल्याएका छन् भने उनका प्रत्यासी नेकपा एसका राजेन्द्र चन्दले २५०० मत प्राप्त गरेको पञ्चेश्वर गाउँपालिकाका निर्वाचन अधिकृत धर्मानन्द जोशीले जानकारी दिए ।

पञ्चेश्वरमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजबादीबीच गठबन्धन भएको थियो । निर्वाचीत चन्द र भट्ट २०७४ को स्थानीय तहको निर्वाचनमा पनि विजयी भएका हुन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com