Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

सेल्फी खिच्दा खसेकाे माेबाइल खाेज्न कर्मचारीले ‘ड्याम’बाट २० लाख लिटर पानी निकाले

भारतमा एक जना सरकारी कर्मचारीले सिँचाइकाे लागि निर्मित बाँध ‘ड्याम’मा खसेको आफ्नो मोबाइल खोज्नको लागि पूरै बाँध खाली गर्न लगाएपछि कारबाहीमा परेका छन् ।

सेल्फी खिच्ने क्रममा खाद्य अधिकारी राजेश विश्वासको हातबाट उनको एक लाख भारतीय रुपैयाँ बराबरको सामसुङको मोबाइल बाँधमा खसेको थियो । भारतको छत्तिसगढको कंकर जिल्लामा  निर्मित खेरखट्टा ड्याममा मोबाइल खसेको हो । उनले त्यो मोबाइलमा महत्वपूर्ण सरकारी डाटा रहेको भन्दै बाँधबाट बीस लाख लिटर पानी निकालेका थिए । मोटरको सहायता लिएर पनि पूरै बाँध खाली गर्न तीन दिन लागेको थियो । तर मोबाइल भेटिए पनि पानीका कारण चल्न सकेको छैन ।

यसरी मोबाइल निकाल्न ड्यामको पानी निकालेपछि उनको तीव्र आलोचना भइरहेको छ । उनले खाली गरेको पानीले ६ सय हेक्टर जमिन सिँचाइ गर्न सकिने अधिकारीहरुले बताएका छन् । कंकर जिल्लाका अधिकारी प्रियंका शुक्लाले यसरी पानीको नोक्शान गर्नु गलत काम भएको भन्दै छानबिन नभएसम्म राजेशलाई जागिरबाट निलम्बन गरिएको बताउनुभएको बीबीसीले जनाएको छ ।एजेन्सी

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com