Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार पत्रकार सम्मेलन गर्दै

काठमाडौं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार पत्रकार सम्मेलन गर्दैछन्। प्रतिनिधि सभाबाट अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदन भएपछि पार्टीको धारणा सार्वजनिक गर्न ओलीले पत्रकार सम्मेलन गर्न लागेका हुन्।
मंगलबार दिउँसो १ बजे रोयल ब्यांकेट, तीनकुनेमा पत्रकार सम्मेलन गर्ने एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। उनका अनुसार अध्यक्ष ओलीले एमसीसी प्रकरणलगायत मुलुकको विकसित परिस्थितिका बारेमा एमालेको आधिकारिक धारणाहरू सार्वजनिक गर्नेछन्।

अमेरिकी अनुदान सहायता सम्झौता एमसीसी प्रतिनिधिसभाबाट बहुमतले अनुमोदन भएको छ। १२ बुँदे व्याख्यात्मक घोषणासहितको सम्झौता अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभाको आइतबारको बैठकले बहुमतले पारित गरेको हो। नेपाल सरकार र मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी बीचको सम्झौता द्विपक्षीय हो। तर, सत्ता गठबन्धनले एक पक्षीय रूपमा गरेको १२ बुँदे व्याख्यात्मक टिप्पणीलाई अमेरिकाले अनुमोदन नगरे टिप्पणीको कुनै अर्थ नहुने अन्तर्राष्ट्रिय कानुनका जानकारहरू पनि बताउँछन्।

एमसीसीको पक्षरविपक्षमा मत व्यक्त नगरेको एमालेले कस्तो नीति अपनाउँछ चासोको साथ हेरिएको छ। सरकार र सभामुखले संसद्‍को काम कारबाहि प्रक्रियामा भाग लिएर पक्ष र विपक्षमा मतदान गर्ने वातावरण नबनाएको एमालेका नेताहरुले बताउँदै आएका छन्। एमाले अध्यक्ष ओली एमसीसी अनुमोदनमा रणनीतिक खेलाडीका रूपमा देखिएका छन्। कांग्रेसले आफ्ना माग पूरा गरे एमसीसीका पक्षमा मतदान गर्ने र गठबन्धन भत्किन सक्ने सन्देश दिन ओली सफल भए। देउवा र ओली मिल्न सक्ने त्रासले दाहाल र नेपाल एमसीसीका पक्षमा उभिन बाध्य भए। उनीहरूलाई एमसीसीभन्दा पनि गठबन्धन जोगाउनुपर्ने बाध्यता थियो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com