Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

रित्तियो माओवादी, पूर्व जनमुक्ति सेना सबै एमालेमा प्रवेश


काठमाडौं १६ चैत । २२ सय वहिर्गमीत पूर्व जनमुक्ति सेना आज नेकपा एमालेमा प्रवेश गरेका छन् । उनिहरुलाई आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टिमा भित्र्याउनु भएको छ।

भक्तपुरमा आज बुधवार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले माओवादीका २२ सय पूर्वलडाकु एमालेमा प्रवेश गरेको नामलिष्ट ग्रहण गर्नु भएको छ । उहाँले नाम लिष्ट सहितको पुस्तक ग्रहण गर्दै प्रतिकात्मक रूपमा केही युवालाई अबिर लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले माओवादीले हिजो युवालाई दुरुपयोग गरेको बताउनुभयो । एमालेमा आउने युवालाई एमालेले दुरुपयोग नगर्ने उहाँको भनाइ छ
युवालाई देश बनाउन एमालेले सदुपयोग गर्ने उहाँले प्रष्ट पार्नुभयो । युवाको शक्ति र जोस जाँगरलाई एमालेले सही रूपमा उपयोग गर्ने अध्यक्ष ओलीले बताउनुभयो

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com