Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

आजकै दिन भएको थियो मोबाइलबाट पहिलो कल

‘जोएल! म तिमीलाई साच्चै नै सेलुलर फोनबाट कुरा गरिरहेका छु। हातमा बोकेर हिँड्न मिल्ने फोनबाट,’ यो शब्द थियो, डा मार्टिन कुपरको। जो न्युयोर्कबाट आफ्ना प्रतिस्पर्धी डा. जोएल एंगलसँग न्युजर्सीमा कुरा गरिरहेका थिए, त्यो पनि तारको सहयोग बिना। हिँडडुल गर्दै हातमा बोकेको मोबालबाट। 

उनको कुरा सुनेर डा. एंगल एकछिन स्तब्ध भए। उनीसँग संवाद गर्ने कुनै शब्द थिएन। 

यो कथा हो, विश्वको पहिलो सेलुलर मोबाइल फोनको। जसको आविस्कार भएको थियो, ३ अप्रिल १९७३, अर्थात् आजकै दिन। 

मोटोरोला कम्पनीका अनुसन्धानकर्ता मार्टिन कुपरले आफूले तयार पारेको मोटोरोला डाइना–ट्याक ८०००एक्स हाते फोनबाट एटी एण्ड टीका जोएल एंगललाई फोन गरेका थिए। त्यतिबेला यो मोबाइलको तौल २ केजी थियो। 

डा. कुपरले पहिलो मोबाइल फोनको आविस्कार १९७३ मा गरे पनि बजारमा आउन यसलाई १० वर्ष लाग्यो। थुप्रै अनुसन्धानपछि यसको बिक्री १९८३ देखि सुरु भयो। अमेरिकाको न्युयोर्क शहरमा मोबाइल फोनको बिक्री सुरु हुँदा यसको बजारमूल्य ३९९५ अमेरिकी डलर अर्थात अहिलेको बजार मूल्यको हिसाबले १० हजार अमेरिकी डलर परेको थियो। 

त्यतिबेला मोबाइलको तौल घटाएर १ दशमलव १ केजीमा झारिएको थियो। ९ इन्ची अग्लो मोटोरोलाको यो मोबाइलबाट फोन उठाउने र बोल्ने काम मात्र हुन्थ्यो। अहिले जस्तो फोटो खिच्ने र जीपीएस सिस्टम केही थिएन। सिमकार्ड हाल्ने सुविधा पनि थिएन। 

मोबाइल फोनमा डिजिटल प्रविधिको सहयोगले जीएसएमको प्रयोग सन् १९८७ बाट सुरु भएको हो। १९९२ मा आएर पहिलोपटक एसएमएसको सुविधा उपलब्ध भयो। बेलायतमा पहिलोपटक म्यासेज पठाएर यसको सुरुवात भएको थियो। 

क्यामेरासहितको मोबाइल फोनको आविस्कार सामसुङ कम्पनीले सामसुङ एससीएच–भी२००० फोनबाट गरेको थियो। यतिबेला २० वटासम्म फोटो खिच्ने सुविधा थियो, तर कसैलाई पठाउन सकिदैन्थ्यो। जे–एसएच०४ मोडलको फोनबाट मात्र खिचेको तस्बिर अन्य मोबाइलमा पठाउने कार्यको सुरुवात भएको थियो। यी दुवै मोबाइलको आविस्कार एसियामा भएको थियो। 

इन्टरनेटसँग जोडिएको पहिलो मोबाइल फोन नोकिया ९००० हो। यो सन् १९९६ मा सार्वजनिक भयो। यस्तै आइफोनको सुरुवात सन् २००७ बाट भयो।नेपाल लाइभ

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com