Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

आगलागी हुँदा एक वृद्धाको मृत्यु

असार, ४ काठमाडौं । गोरखाको एक घरमा आगलागी हुँदा एक वृद्धाको मृत्यु भएको छ।
गएराति शहिदलखन गाउँपालिका वडा नम्बर ७ स्थित तिवारी टोलको एक घरमा आगलागी भएर वृद्धाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए।

पुरानो खाब्दी स्कुल नजिकैको घरमा बस्ने ६९ वर्षकी केशरीमाया वस्तीको मृत्यु भएको हो। उनको शवको पेटको भागमात्रै बाँकी रहेको खनालले बताए।

उनका अनुसार घटना गएराति ११ देखि १२ बजेको बीचमा भएको आशंका छ। घटनाबारे आज बिहान मात्रै थाहा भएको हो। प्रहरीलाई पनि बिहान साढे ७ बजे मात्रै खबर भएको हो।

‘घर जंगलको बीचमा छ। त्यस घरलाई अन्य घरबाट नदेखिने रहेछ,’ प्रहरी उपरीक्षक खनालले भने,‘ग्यास लिक भएर आगलागी भएर मृत्यु भएको जस्तो देखिन्छ। शरीरको ३ प्रतिशतमात्रै बाँकी छ।’ घरमा पनि पूर्ण रूपमा क्षति पुगेको प्रहरीले जनाएको छ।मृतक वस्ती सो घरमा एक्लै बस्थिन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com