Yeti Khabar

२०८१ बैशाख १९, बुधबार - Wed May, 2024 -

श्रीमती राजनीतिमा सक्रिय भएपछि श्रीमान्ले मागे डिभोर्स

श्रीमती राजनीतिमा सक्रिय भएपछि श्रीमान्ले सम्बन्धविच्छेदका लागि आवेदन दिएका छन्। यो घटना भारत उत्तर प्रदेश राज्यको हो। उत्तर प्रदेशको आगरामा एकजना श्रीमान्ले श्रीमती राजनीतिमा सक्रिय भएको र घरमा समय दिन नसकेको भन्दै डिभोर्सका लागि अदालतमा निवेदन दिएका हुन्।

राजनीतिमा सक्रिय भएपछि श्रीमतीले घरमा समय दिन नसकेको र घर नै बर्बाद हुने अवस्थामा पुगेको आरोप श्रीमान्ले लगाएका छन्। ८ वर्ष अघि विवाह बन्धनमा बाँधिएका दुबैजनाको ६ वर्षीय एकजना छोरा छन्। सुरुको २/३ वर्ष सम्बन्ध राम्रै भएपनि पछिल्लो समय विवाद उत्पन्न हुँदै आएको छ। 

श्रीमान्ले श्रीमतीलाई राजनीतिमा नलाग्न भन्दै आएका थिए। तर, श्रीमान्को कुरा नमानेर श्रीमतीले बजारका विभिन्न स्थानमा आफ्नो होर्डिङ्ग लगाउन थालिन् र राजनीतिमा निकै सक्रिय हुन थालिन्। श्रीमतीको राजनीतिक गतिविधिबाट असन्तुष्ट बनेका श्रीमान्ले राजनीति छोड्न भन्दै आएका थिए। श्रीमान्ले राजनीतिमा नलाग्न भनेपछि र विवाद हुन थालेपछि अहिले ती महिला माइत घरमा बसिरहेकी छिन्। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com