Yeti Khabar

२०८१ बैशाख २२, शनिबार - Sat May, 2024 -

अफगानिस्तानमा मुसलधारे वर्षा र बाढीका कारण ३३ जनाको ज्यान गयो

अफगानिस्तानमा तीन दिनदेखिको मुसलधारे वर्षा र बाढीबाट कम्तीमा ३३ जनाको ज्यान गएको छ । अफगानिस्तानको प्रकोप व्यवस्थापन विभागले हिजो विज्ञप्ति निकालेर शुक्रवारदेखि परेको पानीका कारण बाढी आउँदा तीन दिनमा ३३ जनाको ज्यान गएको जानकारी गराएको हो । अरु २७ जना घाइते भएका छन् ।

बाढीका कारण छ सय घर क्षतिग्रस्त  भएका छन् । यस्तै झण्डै  छ सय किलोमिटर सडक भत्किनुको साथै दुई हजार एकड कृषि भूमिमा बाढी पसेको एएफपीले जनाएको छ । अफगानिस्तानका ३४ प्रान्तमध्ये २० वटा प्रान्तमा मुसलधारे वर्षा भएको छ ।

अफगानिस्तानमा पछिल्ला वर्षहरुमा मौसमजन्य घटनाहरु बढिरहेका छन् । वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनका कारण मौसमी ढाँचा बिग्रिएका कारण अफगानिस्तान, पाकिस्तान लगायतका देशमा मौसमजन्य घटनामा तीव्र बृद्धि भैरहेको छ । चार दशकको युद्धबाट प्रभावित अफगानिस्तान विपद्का घटनाको सामना गर्नका लागि सबैभन्दा कम तयार देशहरुमध्येको एक हो । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com