Yeti Khabar

२०८१ बैशाख २४, सोमबार - Mon May, 2024 -

झापाको झिलझिलेमा जिप र मोटरसाइकल ठोक्किंदा तीन जनाको ज्यान गयो

झापा – झापाको शिवसताक्षी–८ झिलझिलेमा भएको दुर्घटनामा तीन जनाको ज्यान गएको छ । आज बिहान साढे ५ बजे पूर्वपश्चिम राजमार्गको झिलझिलेमा मे ३ प ५००१ नम्बरको मोटरसाइकल र प्रदेश १–०१–००१ च ९३२९ नम्बरको जिप ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकलमा रहेका तीन जनामध्ये दुई जनाको घटनास्थलमै र एक जनालाई बीएण्डसी अस्पताल लैजाँदै गर्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिनुभयो । मृतकको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com