Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

चिनियाँ नेता लीको सवारीले आजपनि काठमाडौंका सडक प्रभावित हुने

नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेस अध्यक्ष तथा सभामुख ली चान्शुले बुधबार पनि उच्चस्तरीय भेटवार्ता रहेकोले राजधानीको सवारी आगमन दिनभरजसो प्रभावित हुने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।

ली चान्शु उच्चस्तरीय भेटवार्ता र भ्रमणमा निस्कने बेला कार्यालयले भीआईपी सवारीको कारण आज काठमाडौंको विभिन्न ठाउँको सवारी आवागमन प्रभावित हुने भन्दै वैकल्पिक रूट प्रयोग गर्न अनुरोध गरेको छ।

आज बिहान ९ बजेको आसपासमा रविभवन, सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, माईतीघर, नयाँ बानेश्वर, कोटेश्वर, जडिबुटी, लोकन्थली, कौशलटार, गठ्ठाघर, नयाँ ठिमी, राधे राधे, सल्लाघारी, सैनिक आवासीय महाविघालय, जिल्ला अस्पताल, क्यान्सर अस्पताल, कालोपाटी, व्यासी, सिडिओ कार्यालयदेखि भक्तपुर दरवार स्क्वायर आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने भएको छ।

त्यस्तै आजै अपरान्ह साढे ३ बजेको आसपासमा सोल्टी होटल, कालिमाटी, टेकु, त्रिपुरेश्वर, नागस्थान, गोश्वारा हुलाक, महांकाल, भोटाहिटी, जमल, केशरमहल, लैनचौर, सांग्रिला होटेल, पानीपोखरी र शीलत निवास सम्मको सवारी आवागमन प्रभावित हुने भएको छ। उक्त समयमा वैकल्पिक मार्ग प्रयोग गरी आफनो यात्रा सहज बनाउन चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ।

चिनियाँ कम्युनिष्ट पार्टीको तेस्रो वरीयतामा रहेका चान्शुलाई सरकारले भिभिआइपी पाहुनाको सम्मान दिइरहेको छ। उनको स्वागतमा सभामुख अग्निप्रसाद सापकोटा विमानस्थलमा पुगेका थिए। काठमाडौंमा हुने उनको सवारीमा प्रहरीले कडा सुरक्षा दिइरहेको छ। चान्शुको सुरक्षाको लागि चिनियाँ सुरक्षाकर्मी पनि आएका छन्। नेपाल प्रहरीले पनि उनलाई सुरक्षा दिन एसपीको कमान्डमा टोली खटाएको हो। नागरिक दैनिक

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com