Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

सर्लाहीमा बसबाट ओर्लिंदै गरेका यात्रुको लडेर मृत्यु

साउन, १५ काठमाडौं । सर्लाहीमा बसबाट ओर्लंदै गरेका एक यात्रुको सर्ट ढोकामा अल्झिएर भुइँमा लड्दा मृत्यु भएको छ ।
मृत्यु हुनेमा कोडैना गाउँपालिका ३ बस्ने ३५ वर्षीय चन्दन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी विजय यादवले जानकारी दिए ।

डीएसपी यादवका अनुसार सुदामाबाट मलंगवातर्फ जाँदै गरेको ग.१ख ९४५२ नम्बरको बसबाट मलंगवा-२ स्थित झण्डाबजारमा ओर्लिरहेका चौधरीको सर्ट बसेको ढोकामा अल्झिँदा उनी गम्भीर घाइते भएका थिए ।
उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्‍याएकोमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै सोही बसमा सवार एक महिला सिटको फलामको डण्डीमा ठोक्किँदा घाइते भएकी छन् ।
गोडैता नगरपालिका ५ बस्ने ६५ वर्षीया इश्वरवत्ती देवी बसको सिटको फलामको डण्डीमा ठोक्किँदा बायाँ हातको कुमको हड्डी भाँचिएको छ भने खुट्टामा चोट लागेको डीएसपी यादवले बताए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com