Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

रेखालाई ‘योद्धा’ भन्दै करिश्माले मागिन् भोट

काठमाडौं । यतिबेला चुनावी सरगर्मी उत्कर्षमा छ । कलाकार समेत कलाकारिताबाट विश्राम लिएर यतिबेला चुनावी मैदानमा छन् । आफूलाई मनपर्ने दल र उम्मेदवारको पक्षमा कलाकारले खुलेरै भोट मागिरहेका छन् । तर कतिपय कलाकार भने राजनीतिमा लाग्न नहुने भन्दै मौनप्रायः छन् ।

मोरङ-३ बाट राप्रपा उम्मेदवार बनेकी अभिनेत्री रेखा थापाको चर्चा पनि यसपटक चुलिएको छ । चलचित्र क्षेत्रकै अन्य कलाकारले रेखालाई भोट मागिरहेका छन् । अभिनेत्री करिश्मा मानन्धरले रेखालाई खुलेरै भोट मागेकी छन् । कलाकार राष्ट्रका अभिन्न अंग भएको बताउँदै करिश्माले सामाजिक सञ्जालमार्फत रेखालाई भोट मागेकी हुन् ।

करिश्मा लेख्छिन्, ‘कलाकार राष्ट्रका अभिन्न अंग हुन् । संस्कृति, संस्कारका संवाहक हुन् । यो क्षेत्रको निर्माण, विकास गर्न धेरै कलाकारले धेरै संघर्ष र परिश्रम लगानी गरेका छन् । यो एउटा करोडौं लगानी भएको क्षेत्र बनिसकेको छ । अब हाम्रो कदम राज्यको मुख्य तहमा आफ्नो कुरा पुर्‍याउने हो । यो संघर्षमा सामेल योद्धा रेखा थापालाई भोट गर्न मोरङ जिल्लाबासीलाई आग्रह गर्दछु ।’

करिश्मा नेकपा एमालेका उम्मेदवार ईश्वर पोखरेल, नवराज सिलवाललगायतको घरदैलो कार्यक्रममा पनि हिंडिरहेकी छन् ।
रेखासहित अन्य कलाकार पनि यतिबेला चुनावी मैदानमा छन् । केही कलाकार प्रत्यक्ष उम्मेदवार छन् भने केही चाहिं समानुपातिक सूचीमा । समानुपातिक सूचीमा भएका कलाकार उम्मेदवार पनि भोट माग्दै हिंडिरहेका छन् ।अनलाइन खबर

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com