Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

उदायो लौरो,स्वतन्त्र उम्मेदवार हर्कराज विजयी

जेठ, ८ काठमाडौं । धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्कराज राई विजयी भएका छन् । ३९ वर्षीय राई काँग्रेसका उम्मेदवार किशोर राईलाई पराजित गर्दै धरानको मेयरमा विजयी भएका हुन् । लौरो चुनाव चिह्न लिएर स्थानीय निर्वाचनमा लडेका उनले सफलता हासिल गरेका हुन् ।

राईले २० हजार ८२१ मतका साथ विजय हासिल गरेका हुन् भने निकटतम प्रतिद्वन्द्वी राईले १६ हजार ५९ मत पाए । यस्तै एमालेकी मञ्जु भण्डारी सुवेदी १२ हजार ८२५ मत पाएर तेस्रो बनिन् । निर्वाचन आयोगका अनुसार उपमेयरमा भने माओवादी केन्द्रका अइन्द्र विक्रम बेघा २० हजार ५१० मत पाएर विजयी भए ।

उनका निकटतम प्रतिद्वन्द्वी पदम प्रसाद लिम्बु १७ हजार ६०६ मत पाएर पराजित बने ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com