बझाङमा २८ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा १३ वर्षीय बालक पक्राउ
![](https://www.yetikhabar.com/wp-content/uploads/2023/09/arrested__6s5kl1zvrd_2g7R3wtpMo-1.jpg)
असोज,८ काठमाडौं । बझाङमा २८ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा १३ वर्षीय बालक पक्राउ परेका छन् । छबिसपाथिभेरा गाउँपालिका बस्ने एक युवतीलाई हिजो दिउँसो जबरजस्ती करणी गरी फरार भएका सोही ठाउँका एक बालकलाई पक्राउ गरिएको हो ।
![](https://www.yetikhabar.com/wp-content/uploads/2023/09/pusplal-madyapahadi-rajmarga-ktm-694x1024.png)
जबरजस्ती करणी गरी फरार भएका उनलाई प्रहरी पोष्ट बगडगाँउबाट प्रहरी हवल्दार वीरबहादुर नाथको कमाण्डमा खटिएको टोलीले बालुवाटार नजिक पुरानो घरमा लुकेको अवस्थामा पक्राउ गरेको बताइएको छ ।