Yeti Khabar

२०८० आश्विन १६, मंगलवार - Tue Oct, 2023 -

आइपिएलः नवप्रवेशी लखनऊले पन्जाबलाई हरायो, उक्लियो तेस्रो स्थानमा

इन्डियन प्रिमियर लिग आइपिएल २०२२ मा पन्जाब किंग्समाथि सानदार जित निकाल्दै नवप्रवेशी लखनऊ सुपर जायन्ट्स तेस्रो स्थानमा उक्लिएको छ।
जितको लागि १ सय ५४ रनको सामान्य लक्ष्य पछ्याएको पन्जाब किंग्स निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३३ रनमा समेटिएपछि लखनऊले जारी प्रतियोगितामा छैठौं जित निकालेको हो।

पन्जाबका जोनी बेयरस्टोले सर्वाधिक ३२ रन बनाउँदा कप्तान मयंक अग्रवाल २५, ऋषि धवन २१ तथा लियाम लिभिङस्टोनले १८ रन बनाए। बाँकी ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

ओपनर शिखर धवन ५, भानुका राजपक्षे ९, जितेश शर्मा २, राहुल चाहर ४ र कागिसो रबाडा २ रनमा आउट भए।
पञ्जाबलाई सस्तैमा रोक्न लखनऊका मोहसिन खानले सर्वाधिक ३ विकेट लिए। यस्तै दुश्मन्था चामिरा र क्रुनाल पान्ड्याले समान २(२ विकेट हात पारे। केही महङ्गो भए पनि रवी विश्नोईले १ विकेट लिए।

त्यसअघि महाराष्ट्र क्रिकेट एसोसियसन स्टेडियम पुणेमा टस हारेर पहिले ब्याटिङ गरेको लखनऊले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५३ रन बनाएको थियो। उसका लागि क्विन्टन डि ककले सर्वाधिक ४६ रन बनाए ।
दीपक हुडाले ३४ रनमा रन बनाउँदा लखनऊका अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन्।

कप्तान लोकेश राहुल ६ रनमा आउट भए, क्रुनाल पाण्ड्याले ७ रन बनाउँदा आयुष बदोनीको ४, मार्कस स्टोइनिस एक रनमा आउट भए।

दुश्मन्था चामिराले १७ रन बनाउँदा मोहसिन खान १३ रनमा अविजित रहे ।
पन्जाबका कागिसो रबाडाले सर्वाधिक ४ विकेट लिए। राहुल चहरले २ तथा सन्दीप शर्माले १ विकेट लिए।
यो जितसँगै लखनऊ ९ खेलमा ६ मा जित र ३ मा हार सहित तेस्रो स्थानमा उक्लिएको छ। पराजित पञ्जाब समान खेलबाट ४ जित र ५ हारसहित ८ अंक जोडेर सातौ स्थानमा छ। एजेन्सी

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com