Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

ब्रह्मपुरी गाउँपालिकामा नेपाली काग्रेसका रामपदारथ साह निर्वाचित

जेठ,२काठमाडौं । सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा नेपाली कांग्रेसले क्लिनस्विप गरेको छ । गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सबै सदस्य पद जित्दै कांग्रेसले क्लिनस्विप गरेको हो ।

अध्यक्षमा रामपदारथ साह चार हजार ६६८ मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका विनोदकुमार साहले तीन हजार २७१ मत पाएका छन् । अध्यक्षमा पराजित साह गाउँपालिकाको निवर्तमान अध्यक्ष थिए ।

उपाध्यक्षमा कांग्रेसकी श्यामकला यादवले चार हजार ६१० मत ल्याएर निर्वाचित भइन् । उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीकी गीतादेवी रायले तीन हजार ३११ हजार प्राप्त गरे ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com