Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

सडक दुर्घटनामा बिते टाटा सन्सका पूर्वअध्यक्ष साइरस मिस्त्री

भारतको व्यापारिक कम्पनी टाटा सन्सका पूर्वअध्यक्ष साइरस मिस्त्रीको सडक दुर्घटनामा परी निधन भएको छ।
प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार गुजरातको अहमदावादबाट मुम्बई आउँदै गरेका मिस्त्री सडक दुर्घटनामा परेका हुन्।

उनी चढेको मर्सिडिज कार आइतबार दिउँसो सडकको डिभाइडरमा ठोक्किएको थियो। कारमा सवार चार जनामध्ये दुई जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ। दुर्घटनापछि अस्पताल पुर्‍याइएका मिस्त्रीलाई डाक्टरले मृत घोषणा गरेका थिए।

मिस्त्री सन् २०१२ देखि २०१६ सम्म टाटा सन्सका अध्यक्ष बनेका थिए। अहिले पनि टाटा सन्सको सबैभन्दा धेरै सेयर मिस्त्री परिवारसँग छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मिस्त्रीको निधनमा गहिरो दुस्ख व्यक्त गरेका छन्। सामाजिक सञ्जाल ट्विटरमा मोदीले मिस्त्रीको निधन भारतीय व्यापार तथा उद्योग क्षेत्रका लागि ठूलो नोक्सान भएको बताएका छन्। एजेन्सी

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com