Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

नेपाली कांग्रेसको पदाधिकारी बैठक दिउँसो १ बजे बस्दै

असार, २६ काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ।
आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी बैठक बस्ने सहमहामन्त्री जीवन परियारले बताए।

कांग्रेसले भ्रातृ संस्थाका विधानबारे केही समयदेखि पदाधिकारी बैठकमा छलफल गर्दै आएको छ।
नेता एनपी साउदको संयोजकत्वमा कांग्रेसले भातृ तथा शुभेच्छुक संस्थाका विधानबारे अध्ययन गरी प्रतिवेदन तयार पारेको थियो। उक्त समितिले पार्टीमा प्रतिवेदन बुझाइसकेको छ।

कांग्रेसका अधिकांश भ्रातृ संस्थाले महाधिवेशन गर्न सकेका छैनन्। नेविसंघलगायत चार भ्रातृ संस्थामा केन्द्रीय समितिले दिएको अधिकारअनुसार सभापति शेरबहादुर देउवाले अध्यक्ष मात्रै तोकेका छन्।

केही नयाँ संस्था तथा शुभेच्छुकले भ्रातृ तथा शुभेच्छुक संस्थाको मान्यता दिनुपर्ने माग गरिहेका छन्। कांग्रेसले सोमबारका लागि केन्द्रीय कार्यसमिति बैठक राखेको छ। उक्त बैठकमा भ्रातृ तथा शुभेच्छुक संघसंस्थाबारे छलफल हुनेछ।

उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा पदाधिकारी बैठक बस्ने गरेको छ। यसअघि पदाधिकारी बैठकमा सभापति देउवा उपस्थित भएका थिएनन्।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com