Yeti Khabar

२०८१ बैशाख २०, बिहीबार - Thu May, 2024 -

फ्लोरिडाको ओकालास्थित सपिङ मलमा गोली चल्दा एक जनाको मृत्यु

messenger sharing button
sharethis sharing button

अमेरिकाको फ्लोरिडा राज्यको ओकाला शहरस्थित एक सपिङ मलमा गोली चल्दा एक जना पुरूषको मृत्यु भएको छ।शनिबार दिउँसो ओकालाको प्याडक सपिङ मलमा गोली चलेको सूचनापछि तत्कालै पुगेको प्रहरीले गोली लागेर एक पुरूषको मृत्यु भएको र एक जना महिला घाइते भएको अवस्थामा फेला पारेको हो।

ओकालाका प्रहरी प्रमुख माइक बल्केनले मलबाट कसैले फोन गरी कसैले लगातार गोली चलाइहेको सूचना दिएपछि त्यहाँ ठूलो संख्यामा प्रहरी पुखेको थियो।

प्रहरी प्रमुख बल्केनले मलभित्र प्रवेश गर्दा त्यहाँ गोली चलिरहेको नपाइएपनि एकजना पुरूष मृत फेला परेको र महिला गोडामा गोली लागेको अवस्थामा घाइते भेटिएकी थिइन्।

प्रहरीले ती महिलालाई तत्काल अस्पताल पुर्‍याएको थियो। उनी बाँच्ने सम्भावना रहेको बल्केनले सिएनएनलाई बताएका छन्।प्रहरीले गोली चलाउने व्यक्तिलाई भने पक्राउ गरेको छैन।

मलमा रहेका मानिसहरूले बताएअनुसार ती वन्दुकधारी व्यक्तिले कालो जिन्स, कालो हुडी लगाएका थिए। उनले मुखमा पनि कालै कलरको मास्क लगाएका थिए। उनको खोजी भइरहेको प्रहरी प्रमुख बल्केनले बताएका छन्।

मलमा प्रवेश गरी ती व्यक्तिले चार राउन्ड गोली चलाएका थिए। मलमा सपिङ गर्न आएकी एक युवतीले सिएनएनलाई बताएअनुसार बन्दुकधारीले मलमा प्रवेश गर्नासाथ गोली चलाएका थिए।

पहिलो गोली चलेको केही बेर रोकिएको र त्यसपछि लगातार तीनपटक गोली चलेको आवाज सुनिएको उनले बताएकी छन्।गोली चलेपछि सपिङ मलका कर्मचारीहरूले त्यहाँ उपस्थित ग्राहकहरूलाई पछाडिको भागको ढोकाबाट बाहिर पठाएका थिए।

सपिङ मलले पनि विज्ञप्ति जारी गरेर घटनाबारे दुःख ब्यक्त गरेको छ। उसले अभियुक्त पत्ता लगाउन प्रहरीलाई सहयोग गरिरहेको जानकारी दिएको छ।एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com