Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

नट बोल्ट नकसिएका कारण अमेरिकामा उडिरहेकाे विमानबाट झ्याल खसेकाे पाइयाे

 

अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएको घटनामा छानबिन हुँदा नट बोल्ट राम्रोसँग नकसिएको पाइएको छ । विमान बोइङ ७३७ म्याक्स ९ एसको निरीक्षणको क्रममा नट बोल्टहरु खुकुलो रहेको पाइएको निरीक्षणमा सहभागी युनाइटेड एअरलाइन्सले जनाएको छ ।

गएको शुक्रवार अमेरिकाको ओरेगनबाट ओन्टारियो गइरहेको अलास्का एअरलाइन्सको विमानमा हावाको प्रेसरले विमानको एक भाग भाँचिएर छुट्टिएको थियो । तर विमान सकुशल अवतरण भएको थियो । त्यसपछि युनाइटेड एअरलाइन्सले विमानको निरीक्षण गरेको हो ।

विमानले फेरि सेवा शुरू गर्नुपूर्व विमानका सबै पार्ट्सहरू जाँच गरिने एअरलाइन्सलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।  यो विमान निर्माण गर्ने बोइङ एयरलाइन्सले विज्ञप्ति निकालेर दुर्घटनाको बारेमा सचेत रहेको र आफ्ना ग्राहकबाट थप जानकारी लिइरहेको जनाएको छ। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com