Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

६१ जिल्लामा मतपत्र ढुवानी

काठमाडौं १९ वैशाख । निर्वाचन आयोगले ६१ जिल्लामा मतपत्र ढुवानी सकेको छ।
बाँकी १६ जिल्लामा केही दिनभित्र मतपत्र ढुवानी गरिसकिने आयोगले जनाएको हो ।

अब मधेश प्रदेश र बागमती प्रदेशका जिल्लाहरूमा मतपत्र ढुवानी गर्न बाँकी छ। सडक सुविधा नभएका क्षेत्रमा हेलिकप्टरबाट मतपत्र ढुवानी गरिएको छ।
अहिलेसम्म ६१ जिल्लाका लागि एक करोड २३ लाख मतपत्र ढुवानी गरिसकिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन।

काठमाडौं महानगरमा ५६ दलले निर्वाचनमा भाग लिने भएका छन्। यस्तै स्वतन्त्र उम्मेदवार पनि छन्।
आयोगका अनुसार आजदेखि ललितपुर, विराटनगर, वीरगञ्ज, भरतपुर र पोखरा महानगरको मतपत्र पनि छपाइ हुनेछ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com