Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

आगलागी हुँदा जलेर एक बालिकाको मृत्यु

चैत्र,१५ काठमाण्डौ । रौतहटको ईशनाथ नगरपालिका–६ जयनगरमा आगलागी हुँदा जलेर एक बालिकाको ज्यान गएको छ । अर्की एक बालिका घाइते भएकी छन् ।
गएराति १० बजेतिर मोजिबुल रहमानको घरमा आगो लागेको थियो । उहाँकी १२ वर्षीया छोरी राजिया खातुन सुतेको अवस्थामा आगोमा जलेको जिल्ला प्रहरी कार्यालय रौतहटले बताएको छ । राजियाको ज्यान गएको र उनकी बहिनी १० वर्षीया सजिया खातुन घाइते भएकी छन् ।

आगोले मोजिबुलको घरसहित १६ लाख रुपैयाँ र शेख ईशराजको घरसहित दुई लाख रुपैयाँ गरी १८ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रौतहटले बताएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com