Yeti Khabar

२०८१ बैशाख १९, बुधबार - Wed May, 2024 -

स्वदेश फर्किए दुई दिन दिल्लीमा फसेका क्यानडाका प्रधानमन्त्री

sharethis sharing button

जी-२० शिखर सम्मेलनमा भाग लिन आएका क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो सम्मेलन सकिएको दुई दिनपछि मंगलबारमात्र स्वदेश फर्किएका छन्।

ट्रुडो चढेर आएको जहाजमा प्राविधिक समस्या देखिएपछि उनी दुई दिनसम्म नयाँदिल्लीमा फसेको भारतीय र क्यानडेली सञ्चारमाध्यमले जनाएका छन्।

ट्रुडो एयरबस ए३१० जहाज ल्याएर नयाँदिल्ली आइपुगेका थिए। शनिबार र आइतबार भएको सम्मेलन सकेर उनी आइतबार साँझ क्यानडा फर्किने कार्यक्रम थियो।

उडानअघि भएको परीक्षणमा जहाजमा प्राविधिक समस्या देखिएको थियो।  जहाज बनाउ समय लाग्ने भएपछि भारत सरकारले उनलाई एयर इन्डिया वन जहाजमा जान प्रस्ताव गरेको थियो। हिन्दुस्तान टाइम्सका अनुसार ट्रुडोले आफ्नो जहाज मर्मत गरेरमात्र फर्किने बताएका थिए।

जी-२० शिखर सम्मेलन सकिएपछि भारतमा कुनै औपचारिक कार्यक्रम नभएकाले ट्रुडोले दुई दिन दिल्लीको ललित होटलमा बसेर बिताएका थिए।

जहाज मर्मत गरेर उनी मंगलबार क्यानडा फर्किएका हुन्।एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com