Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

‘नक्कली शरणार्थी प्रकरण’मा संलग्न जो कोहीलाई कारबाही गर्नुपर्छः उपाध्यक्ष महरा

नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले ‘नक्कली शरणार्थी प्रकरण’मा संलग्न जोकोहीलाई पनि कारबाही गर्नुपर्ने बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा सो पार्टीका प्रवक्तासमेत रहेका उपाध्यक्ष महराले सो प्रकरणमा संलग्न सबैलाई कारबाही गर्नुपर्नेमा जोड दिए।
उनले भने, ‘नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कारबाही हुने विषयमा कुनै पनि खालको भेदभाव हुनु हुँदैन, सरकारले सबैलाई कारबाही गर्नुपर्छ।’

उपाध्यक्ष महराले राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिए पनि वर्तमान सरकार बहुमतमै रहेको बताउँदै सो पार्टीले समर्थन फिर्ता लिँदैमा वर्तमान सरकारलाई असर नपर्ने दाबी गरे।

उनले भने, ‘रास्वपाले समर्थन फिर्ता लिए पनि असर पर्दैन, सरकारलाई विश्वासको मत लिन पनि कुनै समस्या छैन, सरकार अहिले पनि बहुमतमै छ।’
उपाध्यक्ष महराले समाजवादी मोर्चा घोषणाका लागि आफूहरु प्रयासरत रहेको बताउँदै त्यसका लागि नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, विप्लब नेतृत्वको नेकपासहितका छ वटा राजनीतिक पार्टीबीच छलफल चलिरेको जानकारी दिए। रासस

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com