Yeti Khabar

२०७९ आश्विन १६, आईतवार - Sun Oct, 2022 -

सर्लाही, इश्वरपुर नगरपालिका बयलबास बजारमा भएको विवादमा सांसद साहमाथि आक्रमण

चैत १२ काठमाण्डौ । जनता समाजवादी पार्टी नेपालका संसदीय दलका प्रमुख सचेतक प्रमोद साहलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । आज विहान सर्लाही, इश्वरपुर नगरपालिका बयलबास बजारमा बाटो निर्माणको सम्बन्धमा भएको विवादमा सांसद साहमाथि आक्रमण भएको थियो ।

साहको टाउकोमा गहिरो चोट लागेको छ । स्थानीय अस्पतालमा उपचारपछि थप उपचारका लागि काठमाडौँ ल्याइएको सर्लाही जिल्लाका डिएसपी माधव बुढाथोकीले जानकारी दिए । इश्वरपुर नगरपालिकामा बाटो निर्माण गर्ने क्रममा दुई पक्षबीच झडप हुँदा उनीमाथि आक्रमण गरी घाइते बनाइएको बताए ।

नगरपालिकाका मेयर मनोजकुमार देवकोटा पक्षधर मान्छेले साहमाथि आक्रमण गरेको जसपाका नेता राजकुमार दासले बताए । तर मेयर देवकोटाले भने उक्त आरोपलाई अस्वीकार गरेका छन् ।

मेयर देवकोटाले भने सांसद साहले भारतबाट गुण्डा ल्याएर आफूमाथि आक्रमण गर्न लगाएको आरोप लगाए । उनले भने, ‘हुलाकी सडक विस्तार कार्यक्रमअन्तर्गत नाला बनाउने काम भइरहेको थियो तर उहाँ आफ्नो पार्टी कार्यकर्ताको घर जोगाउनका लागि नाला बनाउन रोक्न खोज्नुभएको थियो ।’

मेयर देवकोटाले सांसद स्वयंले आफूमाथि आक्रमण गरेको दावी गर्दै उनको टाउकोमा कसरी चोट लाग्यो भन्ने थाहा नभएको बताए । साहले ल्याएका कार्यकर्ताहरूले आफ्नो गाडी तथा जेसीबी तोडफोड गरेको समेत मेयर देवकोटाको दावी छ । आक्रमण गर्ने दोषी भने पहिचान भइनसकेको डीएसपीले बताए ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com