Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

बाढीले पुल भत्काएपछि हुलाकी सडकखण्ड अवरुद्ध

पूर्व–पश्चिम जोड्ने हुलाकी सडकखण्ड अन्तर्गत पर्ने बर्दिया राजापुर कैलाली सत्तीघाटमा पुल भत्किएपछि हुलाकी सडकखण्ड अवरुद्ध भएको छ ।

केही दिनदेखि परेको अविरल वर्षाका कारण कर्णाली नदीमा पानीको सतह वृद्धि भएपछि सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा यात्रुलाई आवतजावत गर्न कठिनाइ भएको छ भने यात्रु चिसापानी भएर यात्रा गर्न बाध्य भएका छन् । बाटो अवरुद्ध हुँदा तीन दिनदेखि ठूला तथा साना सवारीसाधान आवातजावत पूर्णरूपमा बन्द छ ।

बवई नदीको जब्दीघाटको पुल बाढीले बगाउँदा गुलरिया सदरमुकाम र बारबर्दिया नगरपालिकाका स्थानीयवासीको आउजाउ बन्द भएको छ । ग्याङ नदीमाथि रहेको झोलुङ्गे पुलसमेत बाढीले बगाएको छ । उक्त पुल बगाउँदा बारबर्दिया नगरपालिका र गुलरिया सदरमुकाम जाउजाउमा समस्या भएको स्थानीय विक्रम चौधरीले बताए। उक्त पुल पप्पु कन्स्ट्रशनले निर्माण गरेको हो । यसअघि सो पुल हस्तान्तरण नहुँदै २०७१ सालमा बबईको बाढीले भत्काएको थियो । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com