Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

रियल म्याड्रिड ला लिगाको उपाधि नजिक, ५ खेलमा ४ अंक आवश्यक

रियल म्याड्रिड यो सिजनको स्पेनिस ला लिगाको उपाधि नजिक पुगेको छ।
बुधबार राति भएको खेलमा २ पेनाल्टी गुमाए पनि रियलले ओसासुनालाई ३- १ गोल अन्तरमा हराउँदै शीर्ष स्थानमा १७ अंकको अग्रता बनाएको छ।
तालिकामा समान ३३ खेलबाट एट्लेटिको म्याड्रिडले ६१ अंक जोडेको छ।

६० अंक रहेको बार्सिलोनाले दुई खेल कम खेलेको छ। यस्तै १ खेल कम खेलेको सेभिल्लाको समान ६० अंक छ।
शीर्ष स्थानको रियलले ३३ खेलमा ७८ अंक जोडेको छ। अब रियललाई ला लिगाको उपाधि जित्न बाँकी ५ खेलमा ४ अंकको मात्रै खाँचो छ ।
बुधबार राती भएको खेलमा रियललाई जिताउन डेभिड अल्बा, मार्को एसेन्सियो र लुकास भास्क्वेजले समान एक-एक गोल गरे। ओसासुनाका एन्ट बुडीमिरले एक गोल फर्काए।

खेलको १२औं मिनेटमा अलाबाले गोल गर्दै रियललाई सुरूवाती अग्रता दिलाएका थिए। त्यसको एक मिनेटमै बुडीमिरले गोल गर्दै ओसासुनालाई खेलमा फर्काए।
४५औं मिनेटमा एसेन्सियोले गोल गर्दै रियललाई पहिलो हाफमा २-१ को अग्रता दिलाए।
खेलको ५२औं मिनेटमा करिम बेन्जिमा पेनाल्टीमा चुक्दा अग्रता बढाउने मौका गुमायो। यस्तै ५९औं मिनेटमा पनि बेन्जिमा पुन पेनाल्टीमा गोल गर्न चुकेका थिए।
त्यसपछि खेलको इन्जुरी समयमा लुकासले गोल गर्दै रियललाई ३- १ को स्पष्ट जित दिलाए। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com