Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

गृहमन्त्री श्रेष्ठ भन्छन्– नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैलाई लाग्दैमा पक्राउ गर्ने भन्ने हुँदैन

शनिबार पोखरामा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजीसँग पत्रकारको प्रश्नोत्तर चल्यो । उनले व्यवसायी अरुण चौधरी पक्राउपछि व्यवसायीका छाता संगठनले जनाएको आपत्तिमा असन्तुष्टि पोखेका छन् ।

उनले भने, ‘उद्योग व्यवसायी पक्राउ परे चर्को स्वरले कराइहाल्ने । अर्थतन्त्रमा योगदान गरेकालाई कहाँ कारबाही गर्न हुन्छ भनेर दबाब दिने । कसलाई कारबाही गर्ने ? त्यो गरिब, सुकुम्बासी, मजदुर, पेटीमा बस्नेलाई कारबाही गर भन्ने हो ? हाम्रो नीति स्पष्ट छ – निर्दोष फस्नु हुँदैन, दोषीलाई कारबाही गर्नुपर्छ ।’ 

वाइडबडी, लाउडा, क्यान्टोनमेन्ट काण्डको पनि छानबिन हुन्छ ? भनी सोधिएको प्रश्नमा उनले गडबडी छ भन्ने लागेमा छानबिन हुने बताए । उनले भने, ‘कुन फाइल खोल्ने नखोल्ने भन्ने मानसिकता बनाएर अगाडि बढ्दिनँ । अध्ययन अनुसन्धान गर्दै जाँदा गडबडी छ भन्ने लागेपछि खुल्न सक्छ । कुन खोल्ने भन्ने प्राथमिकता हुन्छ । तर हामी विश्राम लिँदैनौं ।’ 

उपप्रधानमन्त्री श्रेष्ठले कानुनअन्तर्गत रहेर ठगी, जालसाजी गर्नेलाई दृढतापूर्वक कारबाही गरिने पनि बताए । उनले भने, ‘हामी राजनीतिक सौदाबाजी गर्दैनौं । जनताका अपेक्षा हुन्छन् । जनताको अपेक्षाका आधारमा कारबाही गर्न मिल्दैन । नक्कली भुटानी शरणार्थीमा जनतालाई फलानो पनि संलग्न छ, ल्याउनपर्छ भन्ने होला तर तथ्य र प्रमाणले पुष्टि गर्नुपर्छ ।’ 

श्रेष्ठले आगामी २४ गते प्रधानमन्त्रीसहितको बैठक बसेर प्रहरी समायोजनको विषयमा समझदारी बनाउनबताए । उनले भने, ‘हामीले मन्त्रालय सम्हालेपछि प्रहरीको सरुवा(. बढुवामा आर्थिक चलखेल शून्यमा झरेको छ । भनसुन नगरे पनि हुने रैछ भन्ने भएको छ ।’ 
 
उनले अध्यागमनमा रुपान्तरण गर्ने, परिचयपत्र नयाँ ढङ्गले अगाडि बढाउने र त्यसको उपदायेत पुष्टि गर्ने, जेल सुधारको योजना, प्रहरी संगठन सुधारलगायत विषय समेटेर गृह मन्त्रालय सुधार कार्ययोजनाको प्रतिवेदन बनेपछि कार्यान्वयनमा लैजाने जनाए ।  शिलापत्र

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com