Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

कमलामाई खोलाले बगाउँदा एक जनाको मृत्यु

जेठ,२९ काठमाडौं । सिन्धुलीमा कमलामाई खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ। आज बिहान करिब १० बजे कमलामाई नगरपालिका-१३ माथिल्लो रानीबास बस्ने ६९ वर्षीय पूर्णबहादुर दाहालले कमलामाई खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी चिरञ्जीवी दाहालले बताए ।

दाहाल र उनका ६८ वर्षीय छिमेकी कर्णबहादुर कार्की बिहान साढे ८ बजे गोरू किन्न सोही ठाउँको मडाहामा पुगेका थिए। उनीहरू मडाहाबाट गोरू किनेर फर्किएका थिए। वडा नम्बर १४ खिरखिरे चन्दनपुरस्थित कमलामाई खोलाबाट गोरू तार्न खोज्दा दाहाललाई बगाएको हो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com