Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

इन्डोनेसियाको समुद्री तटमा झण्डै दुई सय जना रोहिङ्ग्या शरणार्थी अलपत्र

  

इन्डोनेसियाको पश्चिमी क्षेत्रमा रहेको एक समुद्री तटमा झण्डै दुई सय जना रोहिङ्ग्या शरणार्थी अलपत्र परेका छन् । म्यानमारका अल्पसङ्ख्यक रोहिङ्ग्या समुदाय ठूलो सङ्ख्यामा बङ्लादेशमा रहेका र तीमध्ये उनीहरु इन्डोनेसियाको समुद्री तटमा अलपत्र परेका हुन् ।

सन् २०१७ मा म्यानमारको सेनाले गरेको कारबाहीको मुख्य निशानामा मुस्लिम रोहिङ्ग्या समुदाय परेका संयुक्त राष्ट्रसङ्घले जनाएको छ । झण्डै १० लाख मानिस भागेर बङ्लादेश पुगेका छन् र त्यहाँबाट हरेक वर्ष हजारौंले आफ्नो ज्यान जोखिममा राखेर मलेसिया वा इन्डोनेसिया पुग्न लामो र महँगो समुद्री यात्रा गर्छन् ।

शरणार्थीहरू समुद्र तटमा भेला भएका र केही महिला आफ्ना बच्चालाई काखमा बोकेको अवस्थामा देखिएका भिडियो स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेका छन् ।

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले स्थानीय समुदायको हितलाई प्राथमिकतामा राखेर शरणार्थीका लागि पनि अस्थायी राहत उपलब्ध गराइने बताउनुभएको छ । उहाँले आफ्नो देश भित्रने रोहिङ्ग्या शरणार्थीको बढ्दो सङ्ख्याका पछाडि मानव बेचबिखनमा संलग्न सञ्जालको हात रहेको र दोषीमाथि कडा कारबाही गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

इन्डोनेसियाले संयुक्त राष्ट्रसङ्घीय शरणार्थी महासन्धिमा हस्ताक्षर गरेको छैन र म्यानमारबाट शरणार्थी ल्याउन बाध्य नहुने पनि बताएको छ । छिमेकी देशमा आश्रय नपाउँदा अल्पसङ्ख्यक शरणार्थी समूह जोखिम मोलेर टाढा टाढा पुग्नुपर्ने र गुजारा चलाउनु पर्ने बाध्यता रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com