Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

श्रीलङ्कामा मानव र हात्तीबीच द्वन्द्व बढ्दो, हात्तीको मृत्युदर ७० प्रतिशतसम्म पुग्न सक्ने

श्रीलङ्कामा मानव र हात्तीबीच द्वन्द्व बढ्दै गएकाे विज्ञहरुले बताएका छन् । श्रीलङ्कामा मानिसको घर वरपर नरिवल, आँप र केराको रुख हुने हुँदा जङ्गलबाट हात्ती बस्तीमा आएर धेरै दु:ख दिने गरेको छ । 

घना जङ्गलभन्दा सयौँ मिटरको दूरीमा रहेको घर वरपर रहेका यस्ता फल हात्तीलाई मनपर्ने भएकाले बस्तीमा हात्ती पसेको विज्ञहरुले बताएका छन् । विशेषगरी श्रीलङ्काको कुरुनेगालामा मानव र हात्तीबीचको द्वन्द्व बढ्दो क्रममा रहेको बीबीसीले जनाएको छ  ।

स्थानीय अधिकारीहरुका अनुसार बितेका दुई वर्षमा श्रीलङ्कामा हात्तीको आक्रमणमा परेर झण्डै दुई सय जना मारिएका छन् भने झण्डै ४ सय ७० वटा हात्ती मारिएका छन् । औसतमा हेर्ने हो भने बर्सेनि हरेक दिन एकभन्दा बढी हात्ती मर्ने गरेको देखिएको छ ।

पछिल्लो २ वर्षमा हरेक वर्ष ४०० भन्दा बढी हात्ती मरेका छन्। यही दरमा हात्ती मरिरहे श्रीलङ्कामा हात्तीको मृत्युदर ७० प्रतिशतसम्म पुग्न सक्ने अनुमान छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com