Yeti Khabar

२०८१ बैशाख २२, शनिबार - Sat May, 2024 -

अमेरिकामा घरको ढोका ढकढकाएको भन्दै १६ वर्षे अश्वेत किशोरमाथि गोली प्रहार

अमेरिकामा आफ्नो घरको ढोका ढकढकाएको भन्दै एक व्यक्तिले १६ वर्षे किशोरमाथि गोली चलाएका छन् ।
मिजोरी राज्यमा ८४ वर्षे एन्ड्रु लेस्टरले १६ वर्षे किशोर राल्फ यार्लमाथि गोली चलाएका हुन् । प्रहरीका अनुसार गत बिहीबार राति किशोर एन्ड्रुको घर ढकढकाउन पुगेका थिए । ती किशोरले जानाजान भने ढोका ढकढकाएका थिएनन् ।

राल्फ वास्तवमा आफ्ना जुम्ल्याहा भाइलाई साथीको घरमा लिन गएका थिए । उनी झुक्किएर एन्ड्रुको घर पुगेका थिए । ११५ औँ टेरेसमा जानुपर्नेमा राल्फ ११५ औँ स्ट्रिट पुगेका थिए । जब एन्ड्रुले अश्वेत किशोरलाई आफ्नो घर अगाडि देखे उनले गोली चलाइहाले । राल्फ र एन्ड्रुबीच बिना संवाद नै एन्ड्रुले गोली चलाएको प्रहरीको भनाइ छ ।

गोली प्रहारबाट राल्फको ज्यान त बचेको छ, यद्यपि अमेरिकामा ‘काला जातिको मान्छेको जीवनले पनि अर्थ राख्छ’ भन्दै विरोध प्रदर्शन सुरु भएका छन् । हाल एन्ड्रुमाथि जानाजान हानी पुर्‍याउने आक्रमण गरेको र सशस्त्र आपराधिक गतिविधि गरेको विषयमा अनुसन्धान भइरहेको छ । अभियोजनकर्ताहरूले एन्ड्रुले रंगभेदी दृष्टिकोण राखेर किशोरमाथि गोली चलाएको पनि आशंका गरेका छन् । अमेरिकामा यस वर्षको चार महिनाको अवधिमा बन्दुकबाट भएको हिंसामा परेर १२ हजार ४८४ जनाले ज्यान गुमाइसकेका छन् । बीबीसी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com