Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

काठमाडौंबाट सुर्खेत आउँदै गरेका बसमा ढुंगा खस्दा एक जनाको मृत्यु

साउन,११ काठमाडौं । काठमाडौंबाट सुर्खेत आउँदै गरेका बसमा ढुंगा खस्दा एक जनाको मृत्यु भएको छ।
हिजो बेलुका काठमाडौंबाट सुर्खेतको वीरेन्द्रनगरका लागि छुटेको ना ७ ख ५८११ नम्बरको बसमा ढुंगा लागेको हो।

सडक माथिबाट खसेको ढुंगा बसभित्र पुग्दा दैलेखको भगवतीमाई गाउँपालिका–२ का १७ वर्षीया पार्वती शाही र सुर्खेतको वीरेन्द्रनगर–६ का ४५ बर्षीया राजकुमारी सुनार घाइते भएका थिए।

उनीहरूलाई उपचारका लागि कर्णाली प्रदेश अस्पतालमा भर्ना गरिएको थियो।
अस्पताल पुर्‍याएलगत्तै शाहीलाई मृत घोषणा गरिएको प्रहरीले जनाएको छ। अर्की घाइते राजकुमारी सुनारको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

सुर्खेतको वीरेन्द्रनगर पुग्दै लाग्दा छिन्चु र वीरेन्द्रनगरको बीचमा पर्ने भेरीगंगा–२ को पैंसठ्ठी भन्ने ठाउँमा गुडिरहेको बसमा माथिबाट ढुंगा खसेर लागेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com