Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

मालीमा भएको बस दुर्घटनामा ३१ जनाको ज्यान गयो, दश जना घाइते

काठमाण्डौ – मालीमा भएको बस दुर्घटनामा ३१ जनाको ज्यान गएको छ । बस केनिबाको मालियन शहरबाट छिमेकी बुर्किना फासो जाँदै गर्दा बागोई नदी पार गर्ने पुलबाट खसेको हो ।

हिजो भएको दुर्घटनामा दश जना घाइते भएका छन् । घाइते केहीको अवस्था गम्भीर छ । बसमा मालीका नागरिक र पश्चिम अफ्रिकाका विभिन्न क्षेत्रका नागरिकहरू रहेका बीबीसीले जनाएको छ । 

सडक र गाडीको खराब अवस्थाका साथै क्षमताभन्दा बढी यात्रु राख्ने गरेकाले मालीमा बारम्बार गाडी दुर्घटना भइरहन्छन् । यसअघि यही महिनाको शुरुमा एउटा बस ट्रकसँग ठोक्किँदा १५ जनाको ज्यान गएको थियो । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com