Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

बङ्गलादेशमा भएको विवादास्पद चुनावमा प्रधानमन्त्री शेख हसिना विजयी

बङ्गलादेशमा भएको आमचुनावमा प्रधानमन्त्री शेख हसिना विजयी हुनुभएको छ । विवादास्पद चुनावमा उहाँले लगातार चौथो कार्यकालका लागि जित्नुभएको हो ।

तीन सय सिटका लागि भएको चुनावमा कम्तीमा एक सय ५२ सिट जितेपछि उहाँले अब फेरि पाँच वर्षका लागि कार्यभार समाल्ने हुनुभएको बीबीसीले जनाएको छ ।

हिजो प्रमुख विपक्षी दल बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी)ले चुनाव बहिस्कार गरेपछि अब प्रधानमन्त्री हसिनाको पार्टी र सहयात्रीहरूले बाँकी सिटहरू पनि जित्ने अपेक्षा गरिएको छ ।

आधिकारिक नतिजा भने आज बेलुकासम्म आउने खबरमा उल्लेख छ । प्रतिस्पर्धी २७ दलमध्ये जतिया पार्टी (जेएपीए) ले मात्र विपक्षी दलको प्रतिनिधित्व गर्नेछ । अरु सत्तारुढ अवामी लिग नेतृत्वको गठबन्धनका सहयात्री हुन् ।

बीएनपीको बहिष्कारका कारण प्रधानमन्त्री शेख हसिनाले लगातार चौथो कार्यकाल जित्नुभएको हो । सन् १९९६ मा पहिलो पटक प्रधानमन्त्री बन्नुभएको हसिनाको  यो लगातार चौथो जित  र समग्रमा पाँचौँ कार्यकाल हो । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com