Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

अष्ट्रेलियाको एक दिवसीय कप्तानमा प्याट कमिन्स नियुक्त

अष्ट्रेलियाको एक दिवसीय क्रिकेट टिमको कप्तानमा प्याट कमिन्स नियुक्त भएका छन्।
नियमित कप्तान आरोन फिन्चले एक दिवसीय क्रिकेटबाट सन्यास लिएपछि टेष्ट कप्तान तथा फास्ट बलर प्याट कमिन्सले जिम्मेवारी पाएका हुन्। टी–२० टोलीको कप्तानी भने आरोन फिन्चले गर्नेछन्।

प्याट कमिन्स अस्ट्रेलियाको एकदिवसीय टोलीको कप्तानी गर्ने २७ औं खेलाडीका साथै एकदिवसीय ढाँचामा कंगारू टोलीको कप्तानी गर्ने पहिलो फास्ट बलर हुनेछन्।

प्याट कमिन्सले फिन्चको कप्तानीमा खेल्दा आफूलाई निकै रमाइलो लागेको र उनको नेतृत्वबाट आफूले धेरै कुरा सिकेको बताए।
क्रिकेट अष्ट्रेलियाले ट्वीटमार्फत कमिन्सलाई कप्तान बनाउने घोषणा गरेको हो।

आरोन फिन्चले खराब फर्मका कारण गत महिना एकदिवसीय ढाँचाबाट सन्यास लिएका थिए तर उनी हाल टी–२० टोलीको कप्तान छन् र टी–२० विश्वकपमा टोलीको नेतृत्व गर्नेछन्।

ओडिआई कप्तानका लागि मिचेल मार्स, स्टिभ स्मिथ र एलेक्स क्यारीको नाम पनि अगाडि आएको थियो तर प्याट कमिन्सले मौका पाएका हुन्।

क्रिकेट अष्ट्रेलियाका बेन ओलिभरले भने, ‘हाम्रो टोलीमा सबै फर्म्याटमा गुणस्तरीय खेलाडी छन् र त्यो उत्कृष्ट छ। बोर्ड र छनोटकर्ताका अनुसार सन् २०२३ को विश्वकपपछि पनि प्याटले एकदिवसीय टोलीको नेतृत्व गर्नेछन्।

यसअघि २९ वर्षीय प्याट कमिन्सलाई टेस्ट कप्तानी दिइएको थियो र उनले आफ्नो कप्तानीमा टेस्ट फर्म्याटमा निकै प्रभाव पारेका छन्।
एकदिवसीय कप्तानको रूपमा कमिन्सको नेतृत्वमा अष्ट्रेलियाली टी-२० विश्वकपपछि घरेलु मैदानमा इङ्ल्यान्डसँग एक दिवसीय शृंखला खेल्नेछ। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com