Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

शून्य कोभिड नीतिका नेतृत्वकर्ता ली चियाङ चिनियाँ प्रधानमन्त्रीमा नियुक्त

चीनमा शून्य कोभिड नीतिका नेतृत्वकर्ताका रूपमा चिनिएका ली चियाङ त्यहाँको नयाँ प्रधानमन्त्रीका रूपमा निर्वाचित भएका छन् ।
चियाङलाई राष्ट्रपति सी चिनफिङले राष्ट्रपतिका रूपमा मनोनीत गरेका थिए । उनी सीका सबैभन्दा भरपर्दा मित्र मानिन्छन् । ६३ वर्षका चियाङलाई संसदका २ हजार ९०० भन्दा बढी प्रतिनिधिले शनिबार भोट गरेका थिए ।

चीनको आर्थिक राजधानी सांघाइको प्रमुख रहेका उनले यसअघि उक्त शहरमा भएको दुई महिने कडा लकडाउनको नेतृत्व गरेका थिए । त्यहाँ मानिसहरूले खाना र औषधिको अभावसँग संघर्ष गर्नुपरेको थियो ।

अवकाश लिइरहेका प्रधानमन्त्री ली खछ्याङको स्थानमा अब उनले सरकारको नेतृत्व गर्नेछन् । कोडिभका कारण संघर्षपूर्ण बनेको चीनको अर्थतन्त्रलाई पुनर्जीवित पार्ने जिम्मेवारी उनको हातमा छ । बीबीसी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com