Yeti Khabar

२०८१ श्रावण १२, शनिबार - Sat Jul, 2024 -

७३ साना दललाई उनीहरुको आफ्नै दलको चिन्हमा चुनाव लड्न दिने

निर्वाचन आयोगले राष्ट्रिय मान्यता नपाएका ७३ साना दललाई उनीहरुको आफ्नै दलको चिन्हमा चुनाव लड्न दिने निर्णय गरेको छ । आइतबार साँझ आयोगको बसेको बैठकले सो निर्णय गरेको हो । राष्ट्रिय मान्यता नपाएका दलहरूलाई उनीहरुको संगठन रहेको जिल्लाको विवरण बुझाउन गत चैत ६ गतेसम्म समय दिइएको थियो ।

त्यस्तो विवरण बुझाएका ७३ दललाई चुनाव चिन्ह दिनेबारे शनिवार छलफल भएको र आइतबारको बैठकले निर्णय गरेको निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए ।

स्थानीय तह निर्वाचन ऐन २०७३ मा रहेको प्रावधान अनुसार राष्ट्रिय मान्यता नपाएका दलहरुले आफ्नो पार्टीको चिन्ह लिएर चुनावमा भाग लिन नपाउने अवस्था थियो । उनीहरुले स्वतन्त्र उम्मेदवारको हैसियतमा चुनाव लड्नुपर्ने अवस्था आएपछि विरोधका कार्यक्रम गर्दै आएका थिए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com