धरहरा खुल्ने मिति अनिश्चित
२० चैत, काठमाडौं । उद्घाटनको एक वर्षपछि धरहराको पुनर्निर्माण म्याद थपिने भएको छ । धरहराको निर्माण अवधिको म्याद चैत मसान्तमा सकिंदैछ ।
अब फेरि धरहरा निर्माणको लागि म्याद थप गर्ने तयारी भइरहेको छ ।
११ वैशाख २०७८ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले करिब आधा मात्रै काम सकिंदा धरहराको उदघाटन गरेका थिए । त्यसपछि सरकारले खासै चासो नदिएपछि पुनर्निर्माणको गति सुस्ताएको थियो ।
शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पदमकुमार मैनालीका अनुसार करिब ७५ प्रतिशत काम सकिएको छ ।