Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

क्याप्टेन रामेश्वर थापाको गाडीको ठक्करबाट तीन जना घाइते

साउन, २ काठमाडौं । क्याप्टेन रामेश्वर थापाको गाडीको ठक्करबाट तीन जना घाइते भएका छन् । सोमबार बिहान राजधानीको चक्रपथस्थित भाटभटेनी नजिकै थापाको प्रदेश ३–०१–०२२ च ४४३७ नम्बरको गाडीले प्रदेश ३–०२–००९ प १७८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा ३ जना घाइते भएका हुन् । मोटरसाइकलमा सवार दुई जना र अर्का एक सडकमा हिँडिरहेका एक बालक घाइते भएको प्रहरी स्रोतले जनाएको छ।

घाइते हुनेमध्ये दुई जनाको नाम खुलेको छ। मोटरसाइकलमा सवार काभ्रेका विवेक अधिकारी र ओखलढुंगाका सुदिप खतिवडा रहेका छन् । उनीहरुको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । बालकको चाहिँ त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरी स्रोतको भनाइ छ ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com