Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

काठमाण्डौको कलंकीमा सवारी दुर्घना एकको मृत्यु

शुक्रबार साँझ पौने ७ बजे कलंकीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

चार वटा सवारीसाधन दुर्घटनामा परेको उनले बताए। कलंकीबाट बल्खुतर्फ आउँदै गरेको बागमती प्रदेश(१(२५(प ०४२० नम्बरको गाडी, बा४९प ७१८५ नम्बरको स्कुटर, बा१प ९८८ नम्बरको माइक्रो बस र ना५ख ७५०८ नम्बरको ट्रक दुर्घटनामा परेका हुन्।

महानगरीय प्रहरी वृत्त कालिमाटीका अनुसार पुरानो एमाले पार्टी कार्यालयनजिकै सुरूमा गाडीले स्कुटरलाई ठक्कर दिएको थियो। गाडीले ठक्कर दिएपछि स्कुटर माइक्रो बससँग ठोक्किएको थियो।

माइक्रोसँग ठोक्किएपछि स्कुटरमा सवार एक जना उछिट्टिएर ट्रकमुनि परेको प्रहरीले जनाएको छ।

स्कुटर पछाडि सवार सुनसरी धरान घर भई ललितपुरको टिकाथली बस्ने २९ वर्षीय सन्तोष लिम्बुको उपचारको क्रममा मृत्यु भएको हो। उनको बल्खुको बयोधा अस्पतालमा मृत्यु भएको हो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com