Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

युक्रेनलाई दिँदै आएको निःशुल्क इन्टरनेट सेवा नरोक्ने मस्कको घोषणा

अमेरिकी धनाढ्य एलन मस्कले छिमेकी रुसको सैन्य हमलासँग भिडिरहेको युक्रेनलाई दिँदै आएको निःशुल्क इन्टरनेट सेवा जारी राख्ने बताएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत युक्रेनलाई निःशुल्क रूपमा दिँदै आएको इन्टरनेट सेवा नरोक्ने बताएका हुन् ।

यसअघि, स्टारलिंकको दैनिक खर्च बढेको भन्दै मस्कले सेवा रोक्ने चेतावनी दिएका थिए । उनले मासिक २ करोड अमेरिकी डलरसम्म खर्च आउने भएकाले युक्रेनलाई दिँदै आएको इन्टरनेटको शूल्क अमेरिकी सरकारले तिरोस् भन्ने चाहन्थे । यही अपेक्षासहित उनले भावी दिनमा यो सेवा जारी राख्न नसकिने भन्दै ट्वीट गरेका थिए ।

त्यसक्रममा उनले खर्च बढेको तथा रुसी साइबर आक्रमणकारीहरूको हमला बढेको बताएका थिए । मस्कले अघिल्लो महिनादेखि युक्रेनलाई निःशुल्क इन्टरनेट सेवा प्रदान गर्दै आइरहेका छन् । रुसी सेनाले युक्रेनको इन्टरनेट प्रणाली ध्वस्त बनाएपछि उनले स्याटलाइटमा आधारित इन्टरनेट सेवा दिँदै आएका हुन् ।एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com