Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

रविलाई थाहा चाहिँ के छ त?

यति बेला राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारीको ऋण प्रकरणमा चुर्लुम्म डुबेका छन्। उनले टिभी वा अरू कुनै निजी कम्पनीले सहकारीको ऋण लिन नहुने कानुनी व्यवस्थाबारे आफूलाई थाहा नभएको बताएका छन्। तपाईँ एमडी र सेयर होल्डर रहनु भएको ग्यालेक्सी टिभीले कानुन विपरीत किन पोखराको सूर्य दर्शन सहकारीबाट १० करोड ऋण लियो भन्ने प्रश्नमा उनले सहकारीबाट ऋण लिन नहुने कानुनी व्यवस्थाबारे आफूलाई थाहा नभएको बताएका हुन्।

नेपाल सरकारको उपप्रधानमन्त्री तथा गृहमन्त्री भइसकेको सभापति लामिछानेले यसअघि आफू मुछिएका मुद्दामा यस्तै जवाफ दिँदै आएका छन्।

उनलाई थाहा नभएको यो मात्र पहिलो घटना भने होइन। त्यसैले सामाजिक सञ्जालमा उनलाई थाहा नभएका धेरै घटनाहरू उल्लेख  गर्दै ट्रोलगर्न थालिएको छ।

जस्तो कि, ‘दुई वटा नागरिकता र पासपोर्ट बोकेर हिँडे–थाहा थिएन। कोर टिम मार्फत मन्त्री बनाउन ३ करोडको डिल गराए–थाहा थिएन। चितवनमै एउटा गरिब पत्रकार उसको नाम जपी जपी झुन्डिएर मर्न बाध्य बन्यो– थाहा थिएन। आफै बसेको घरको छतबाट खसेर ड्राइभरको मृत्यु भयो–थाहा थिएन।’ सामाजिक सञ्जालहरूमा आम नागरिकले लामिछाने जोडिएका विषय, मुद्दाहरूलाई समेटेर यस्तै ट्रोल बनाउँदै आएका छन्।

‘उनी जान्नेलाई छान्ने भन्छन्, आखिर रविलाई थाहा चाहिँ के छ त?’, सामाजिक सञ्जालमा रेसम पन्त लेख्छन्, ‘सायद त्यो पनि थाहा छैन।’नागरिक दैनिक

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com