Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

थकनी डाँडाकटेरीका १४ घर पहिरोको उच्च जोखिममा

मेलम्ची नगरपालिका–४ थकनीको डाँडाकटेरीमा १४ घर पहिरोको उच्च जोखिममा परेका छन्। जोखिममा परेका १४ घरको आज नगर उपप्रमुख उमा प्रधानलगायत जनप्रतिनिधि र प्राविधिकले अवलोकन गरेपछि तत्काल राहतका लागि वडामार्फत नगर कार्यपालिकामा सिफारिस गर्न आग्रह गरिने भएको वडासदस्य कमल तामाङले बताए।

कान्छाराम तामाङ, जितबहादुर तामाङ, रणबहादुर तामाङ, कृष्णबहादुर तामाङ, रामबहादुर तामाङको पाँच घर परिवारलाई तत्काल स्थानान्तरणका लागि टेन्टको व्यवस्थापन गर्नुपर्ने देखिएको नगरपालिकाका वातावरण अधिकृत सुजन दुलालले बताए।

जोखिमको तह पनि बढिरहेको र बिहानभन्दा दिउँसो झन जमिन भासिँदै गएको देखिएको दुलालले बताए।
अहिले सुरक्षित स्थानमा राखी विज्ञको सिफारिसका आधारमा अन्य सहयोग गरिने नगर प्रमुख आइतमान तामाङले बताए। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com