Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

वीरेन्द्र र सुजनको शव सुर्खेत पठाइँदै

पुष,१७ काठमाडौँ । ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा मृत्युभएका सुजन रावत र वीरेन्द्र शाहको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुर्‍याइएको छ । गृह जिल्लामा पठाउन उनीहरूको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लगिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारि दिए ।

दुवै जनाको पाटन अस्पतालमा पोस्टमार्टम गरिएको छ । पोस्टमार्टम पछि शव विमानस्थलमा लगेर नेपाली सेनालाई जिम्मा लगाइएको एसपी कार्कीले बताए । नेपाली सेनका स्काई ट्रक एन ए–०६४ मार्फत दुवै जनाको शव सुर्खेत लैजाने तयारी गरिएको छ । सुर्खेतबाट हेलिकप्टरमा सुजन रावतको शव दैलेख र वीरेन्द्रको शव अछाम लैजाने तयारी छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com