Yeti Khabar

२०७९ मंसिर २२, बिहीबार - Thu Dec, 2022 -

डेंगुका बिरामी बढे

देशभर डेंगुबाट सङ्क्रमितको सङ्ख्या ५१ हजार एक सय ७७ पुगेको छ । तीन दिनमा नौ सय १४ नयाँ डेङ्गु सङ्क्रमित थपिएसँगै बुधबारसम्म सङ्क्रमितको सङ्ख्या ११ हजार एक सय ७७ पुगेको हो ।

तीन दिनमा थप दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यससँगै डेङ्गुबाट अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ५७ पुगेको हो । सबैभन्दा धेरै वाग्मती प्रदेशमा ३९ हजार छ सय २४ जना डेङ्गुका सङ्क्रमित छन । लुम्बिनी प्रदेशमा चार हजार नौ सय १८, प्रदेश १ मा बीस हजार ८५, गण्डकी प्रदेशमा एक हजार सात सय २१, सुदूरपश्चिम प्रदेशमा आठ सय ९६ र कर्णाली प्रदेशमा छ सय ७६ जना सङ्क्रमित भइसकेका छन् ।

यस्तै डेङ्गुबाट धेरै सङ्क्रमित भएका १० जिल्लामा काठमाडौँमा १३ हजार सात सय ८७, ललितपुरमा नौ हजार पाँच सय २२, भक्तपुरमा पाँच हजार चार सय ८९, मकवानपुरमा पाँच हजार तीन सय ४७, चितवनमा दुई छ सय २७, दाङमा दुई हजार तीन सय ८८, धादिङमा एक हजार चार सय ११ र रुपन्देहीमा एक हजार एक सय ९५ सङ्क्रमित छन् । रासस

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com