Yeti Khabar

२०८१ बैशाख २०, बिहीबार - Thu May, 2024 -

उम्मेदवारको मृत्युपछि उनका छोरा उम्मेदवार

२८ वैशाख, दाङ । नेकपा एमालेले तुलसीपुर उपमहानगरपालिका वडा नं १७ मा वडाध्यक्षका उम्मेदवारको मृत्यु भएपछि उनका छोरालाई उम्मेदवार बनाएको छ।
निर्वाचनका लागि वडाध्यक्षमा उम्मेदवारी दिएका लबरू चौधरीको मृत्यु भएपछि उनका कान्छा छोरा प्रदीप चौधरीलाई उम्मेदवार बनाइएको नेकपा एमालेका जिल्ला अध्यक्ष हुकुम बस्नेतले जानकारी दिए ।

उम्मेदवारको मृत्युपछि निर्वाचन आयोगले उक्त वडामा जेठ ३ गते निर्वाचनको मिति तय गरेको छ र बुधबार र बिहीबार उम्मेदवारी दर्ताको समय तोकिएको छ ।
तुलसीपुर उपमहानगरपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रदीपले बुधबार नै उम्मेदवार दर्ता गराएका एमालेका जिल्ला अध्यक्ष बस्नेतले बताए ।

वडाध्यक्षका उम्मेदवार लवरु चौधरी चुनाव प्रचारको क्रममा एक्कासी बिरामी परेपछि उपचारका लागि काठमाडौंको शिक्षण अस्पतालमा लगिएको थियो । त्यही क्रममा उनको मंगलबार राति मृत्यु भएको थियो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com